Public Pana

गृहमन्त्री र स्वास्थ्यमन्त्रीको राजीनामा माग गर्दै चिकित्सहरुले आज बुधबार पनि काठमाडौंमा विरोध प्रदर्शन गरेका छन् । 
 

आफुहरुमाथि पटक पटक आक्रमण हुदा पनि सरकारले सुरक्षा प्रदान गर्न नसकेको भन्दै उनीहरुले गृहमन्त्री र स्वास्थ्यमन्त्रीको राजीनामा मागका साथ विरोध प्रदर्शन गरेका हुन् । 
 

उनीहरुले स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षा सम्बन्धी पहिलो संशोधन ऐन २०७९ अविलम्व कार्यान्वयन गर्नुपर्ने माग राखेका छन् ।

आफ्नो ज्ञान विवेक प्रयोग गरेको उपचार गर्दा पनि चिकित्सकमाथि लगातार आक्रमण भएको र सुरक्षाको प्रत्याभूति नभएकाले बाध्य भएर उपचार सेवा छाडेर आन्दोलनमा आउनुपरेको उनीहरुको भनाइ छ । 
 

आन्दोलनरत चिकित्सकहरुले हामी स्वास्थ्यकर्मी एक हौ, स्वास्थ्य क्षेत्रमा राजनीतिक हस्तक्षेप बन्द गर, हजुरको आसु हामीले हेर्ने, हाम्रो आसु कस्ले हेर्ने लगाएतका प्लेकार्ड प्रदर्शन गरेका थिए ।

चितवन पोखरा लगाएतका स्थानमा चिकित्सकमाथि भएका आक्रमणको विरोध गर्दै चिकित्सकहरु आन्दोलित भएका हुन् । 

प्रकाशित मिति: बुधबार, असोज १०, २०८०  १३:५६
प्रतिक्रिया दिनुहोस्
Weather Update