Public Pana
एसियाडमा नेपाली टोलीले पदक जित्ने सम्भावना रहेको क्रिकेटर कप्तान रोहितको भनाइ

नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान रोहित पौडेलले चीनको हाङझाओमा जारी १९ औँ एसियन गेम्समा नेपाली क्रिकेटले पदक जित्ने सम्भवना रहेको बताएका छन् । 
 

आज बुधबार मंगोलियामाथि २ सय ७३ रनको कीर्तिमानी जित निकालेपछि पत्रकारसँग कुरा गर्दै कप्तान पौडेलले आफुहरु डगआउटमा बस्दा होस् वा जहाँ कहाँपनि आफुहरु मेडन जित्नुपर्छ है भनेर कुरा गरिरहने बताएका हुन् । 
 

उनले थपे, ‘कन्डिसन र विकेट हेरेर पदक जित्छौँ जस्तो लाग्छ। तर हामी एक समयमा एक खेललाई लिएर अघि बढ्ने हो ।’  
 

मंगोलियाविरुद्ध कीर्तिमानी जितपछि कप्तान पौडेलले जस्तो टोली भए पनि राम्रो परिणाम दिने लक्ष्यमा रहेको सुनाएका छन् । 
 

उनले, ‘हामीले टस जित्यौँ भने बलिङ गर्ने सोच थियो। जस्तो टिम भए पनि विकेट हेरौँ भन्ने थियो। तर टी–२० मा ३ सय ४ सय अपेक्षा गर्नुहुन्न । टी–२० मा आक्रामक ब्याटिङ गर्ने रणनिति थियो। टिमले एकदम राम्रो गरर्यो। ३ सय १४ कम हो जस्तो लाग्दैछ ।’ भने ।
 

खेलपछि कुशल मल्ल र दिपेन्द्र सिंह ऐरीको खेलको प्रशंसा गर्दै उनले भने, ‘कुशल र दीपेन्द्रले एकदम राम्रो खेलेको भन्दै उनीहरुको प्रशंसा गरे ।’  

प्रकाशित मिति: बुधबार, असोज १०, २०८०  १३:५१
प्रतिक्रिया दिनुहोस्
Weather Update