Public Pana
कस्तो रहला मौसम ? : देशभर आंशिकदेखि सामान्य बदली

हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतर्फ अवस्थित छ।

साथै भारतको दक्षिण पूर्वी उत्तर प्रदेश आसपासमा रहेको न्यून चापीय क्षेत्रको आंशिक प्रभाव नेपालमा रहेको छ ।
 

मौसम पूर्वानुमान महाशाखाका अनुसार बुधबार देशभर आंशिकदेखि सामान्य बदली रहनेछ । 
 

कोशी, बागमती, लुम्बिनी र गण्डकी प्रदेशका पहाडी भू–भागका थोरै स्थानहरूमा र बाँकी प्रदेशका एक वा दुई स्थानमा मेघ गर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ ।
भोलि बिहीबार पनि देशको पहाडी भू–भागको थोरै स्थानहरूमा र बाँकी भू–भागको एक वा दुई स्थानमा मेघ गर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ ।

प्रकाशित मिति: बुधबार, असोज १०, २०८०  ०६:००
प्रतिक्रिया दिनुहोस्
Weather Update