कार्यवाहक प्रधानमन्त्री पूर्णबहादुर खड्काले विभिन्न जातजाति, भाषाभाषी, वर्ग, क्षेत्र, लिङ्ग र समुदायको आर्थिक, सामजिक र सांस्कृतिक उन्नयनको लागि सरकार दत्तचित्त रहेको बताउनुभएको छ ।
मंगलबार काठमाडौंमा दिव्य शताब्दी पुरुष डा. गौरीशंकर लाल दास जन्मशताब्दी वर्ष २०८० अभिनन्दन समारोहलाई सम्बोधन गर्दै खड्काले राष्ट्रको विविधतालाई स्वीकार गर्दै मुलुकमा छरिएर रहेका विभिन्न जातजाति, भाषाभाषी, वर्ग, क्षेत्र, लिङ्ग र समुदायको आर्थिक, सामजिक र सांस्कृतिक उन्नयनको लागिसरकार दत्तचित्त रहेको बताउनुभएको हो ।
उहाले लोककल्याणकारी कार्य मार्फत देश, जनता र समाजको हितका लागि अमूल्य, अतुलनीय र अविष्मरणीय योगदान दिएका विशिष्ट व्यक्तिहरुलाई सरकारले सदैव सम्मान गर्ने बताउनुभयो ।
देश, जनता र समाजको सर्वाङ्गीण विकासका लागि योगदान पु¥याउने अग्रणी व्यक्तित्वहरुलाई सम्मान गर्न सरकार सदैव तत्पर रहेको उहाले बताउनुभयो । उहाले डा. गौरीशंकर लाल दासलाई सरकार आवश्यक सेवा सुविधा दिने गरि सरकारले छिटै आवश्यक निर्णय गर्ने जानकारी दिनुभयो ।
नेपालको चिकित्सा सेवा, नेपाल रेडक्रस सोसाइटी, मानवअधिकार, समाजसेवा, व्यावस्थापन, प्रशासन र सुशासनको क्षेत्रमा मुलुकलाई अतुलनीय योगदान पु¥याएको जनाउँदै डा. गौरीशंकर लाल दासलाई नागरिकस्तरबाट अभिनन्दन गरिएको हो । सोही अवसरमा डा. दासले विभिन्न कालखण्डमा लेखेका लेख रचनाको संगालो पुस्तक पनि विमोचन गरिएको थियो ।
वरिष्ठ छातीरोग विशेषज्ञ डा. लाल दास हाल एक सय वर्षको उमेरमा पनि सामाजिक अभियन्ताको क्षेत्रमा सक्रिय रहनुभएको छ ।