Public Pana
बजारमा बढ्यो कालोबजारी,आकासियो तेलदेखि चामलको मूल्य

चाडपर्व नजिकिएसँगै गुल्मी बजारमा दैनिक उपभोग्य वस्तुको मुल्य आकासिएको छ । बजारमा दैनिक उपभोग्य वस्तुको मूल्यवृद्धि भएपछि उपभोक्ता मारमा परेका छन् ।चामल,चिनी,दाल,मैदा,तेल, आटा,मसलालगायतका खाद्यान्नको मूल्य बढेको भएको हो ।

बजारमा उपभोग्य वस्तुको मुल्य आकासिए पछि ज्याला मजदुरी गरेर जिविकोपार्जन गर्दै आएका सर्वसाधारण थप समस्यामा परेको उपभोक्ता कुलमण पन्थीले बताए ।  

छिमेकी देश भारतले दैनिक उपभोग्य खाद्यान्न चामललगायतका वस्तुमा मूल्य वृद्धि गरेको भन्दै नेपालका उद्योगी व्यवसायीले नेपालमै उत्पादन हुने खाद्यान्नको समेत मूल्य वृद्धि गरेका छन् । 

बजारका पसलपिच्छे उपभोग्य वस्तुको मुल्य फरक छ । चाडपर्वमा अन्य समयमा भन्दा दैनिक उपभोग्य वस्तुको खपत बढी हुन्छ । व्यापारीले चाडपर्वको मौकामा अचाक्ली मुल्य बढाएको उपभोक्ताहरूको आरोप छ । दैनिक मुल्य वृद्धि हुँदा सरोकार नागरिकप्रति गैरजिम्मेवार भएको उनीहरुको गुनासो छ । 

प्रशासनले भने समय सयममा बजार अनुगमन गरिरहेको बताएको छ ।

पछिल्लो समय बजारमा देखिएको समस्या पहिचान गर्न अनुगमनलाई तीव्र पारेर कालोबजारी गर्ने व्यापारीलाई कारवाही गर्ने सहायक प्रमुख जिल्ला अधिकारी हरिप्रसाद गैरले बताए ।
 

प्रकाशित मिति: मंगलबार, असोज ९, २०८०  १७:०३
प्रतिक्रिया दिनुहोस्
Weather Update