Public Pana
टर्की पठाइदिन्छु भनेर १ करोड १६ लाख रुपैयाँ ठगी, पोखराकी सुरुची भुजेल पक्राउ

वैदेशिक रोजगारीका लागि टर्की पठाइदिन्छु भनेर एक करोड १६ लाख रुपैयाँ ठगी गर्ने एक व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ ।

ठगी आरोपमा पोखरा महानगरपालिका वडा नम्बर ५ लेखनाथ टोलकी सुरुची भुजेललाई पक्राउ गरिएको महानगरीय अपराध नियन्त्रण महाशाखाले जनाएको छ ।

पक्राउ परेकी भुजेलसमेतले टर्कीमा गएको भूकम्पपछि पुनःनिर्माणका लागि संयुक्त राष्ट्र सङ्घ माताहत रहेर काम गर्नुपर्ने र मासिक १४ सय डलरमा काम लगाइदिने भन्दै पैसा उठाएका थिए ।

पक्राउ परेका श्रेष्ठले सिर्जनकुमार राईसहित ३० जनाको एक करोड १६ लाख रुपैयाँ ठगी गरेको महाशाखाका प्रवक्ता एवम् प्रहरी उपरीक्षक नवराज अधिकारीले जानकारी दिए ।

विनोदले टर्की पठाइदिन्छु भनी रकम ठगी गरी पीडित भएका व्यक्तिहरूले आवश्यक कागजातसहित केन्द्रीय अनुसन्धान ब्युरो महाराजगञ्जमा सम्पर्क गर्न प्रहरीले अनुरोध गरेको छ ।
 

प्रकाशित मिति: मंगलबार, असोज ९, २०८०  १६:४९
प्रतिक्रिया दिनुहोस्
Weather Update