Public Pana
शेयर बजार साढे १८ अंकले बढ्यो, करिब ३ अर्ब  रुपैयाँको कारोबार

साताको शुरुको २ दिन हिजो सोमबार र अस्ति आइतबार घटेको शेयर बजार आज मंगलबार दोहोरो अङ्कले बढेको छ ।
शेयर बजार परिसूचक नेप्से आज १८ दशमलव ४५ अङ्कले बढेर २ हजार २२ दशमलव ९१ विन्दुमा पुगेको छ ।

आज होटल र पर्यटनबाहेक अरू सबै समूहको शेयर बढेकोमा जलविद्युत् समूहको उच्च अङ्कले उकालो लागेको छ ।
बजार बढेको दिन मेन्छियाम हाइड्रो, मनकामना इन्जिनियरिङ, शुभम् पावर र मोलुङ हाइड्रोपावर कम्पनीको शेयर १० प्रतिशतले बढेको छ ।

समग्रमा बजार बढेको दिन सबैभन्दा धेरै हिमालयन लघुवित्त र थ्री स्टार हाइड्रोको शेयर साढे ५ प्रतिशतभन्दा धेरैले घटेको छ ।

आज ८७ लाख ४ हजार कित्ता शेयर २ अर्ब ९ करोड ३८ लाख रुपैयाँमा कारोबार भएका छन् ।

सबैभन्दा धेरै एनआईसी एसिया बैंकको ८ करोड ३४ लाख रुपैयाँको शेयर किनबेच भएको छ ।
 

प्रकाशित मिति: मंगलबार, असोज ९, २०८०  १६:३६
प्रतिक्रिया दिनुहोस्
Weather Update