Public Pana
जबरजस्ती करणी मुद्दाका फरार अरोपित पक्राउ

४० वर्षीया महिलालाई जबरजस्ती करणी गरेर फरार रहेका आरोपित पक्राउ परेका छन् ।

बाजुरा जिल्लाको  जगन्नाथ गाउँपालिका– ४ का २० वर्षीय दिलबहादुर बुढालाई सोमबार कोहोलपुरबाट प्रहरीले पक्राउ गरेको हो ।
पीडित महिलालाई भदौ २२ गते राति घरमा एक्लै भएको समयमा जबरजस्तीकरणी गरेको आरोप उनीमाथि छ । 
फरार रहेका बुढालाई कोहोलपुरबाट पक्राउ गरी जिल्ला प्रहरी कार्यालय बाजुरा ल्याइ अनुसन्धान थालिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक दानसिंह भण्डारीले जानकारी दिए । 

पीडित महिला घरमा एक्लै भएको समयमा राति मदिरा सेवन गरेर जबजस्ती करणी गरेको आरोप  निवेदनमा उल्लेखा छ ।

पीडित महिलाको भदौ २३ गते जिल्ला अस्पताल बाजुरामा  स्वास्थ्य परीक्षण गरिएको थियो ।
rape-1695725260.jpg

प्रकाशित मिति: मंगलबार, असोज ९, २०८०  १६:२५
प्रतिक्रिया दिनुहोस्
Weather Update