Public Pana
उपप्रधाध्यापक चलाउनेको मुद्धामा जिल्ला अदालतको आदेश : घाउ जाँच गर्ने डाक्टरसँग थप बुझ्नु

त्रिभुवन विश्वविद्यालयका उपप्राध्यापक प्रेम चलाउनेको ज्यान मार्ने उद्योगसम्बन्धी मुद्दा फेरि लम्बिएको  छ । सबै अंग पुगिसकेर फैसला चरणमा पुगिसकेको भनिएको मुद्दा फेरि प्रमाण बुझ्ने चरणमा फर्किएको हो । 

हेर्दाहेर्दैमा राखी लगातार सुनुवाइ गर्न लागिएको मुद्दामा घाउ जाँच गर्ने डाक्टरसँग बुझ्ने आदेश भएको छ । काठमाडौँ जिल्ला अदालतका न्यायाधीश उत्तम सिलुवालको इजलासमा हिजो सोमबार र आज मंगलबार भएको सुनुवाइपछि यो आदेश भएको हो ।

सुनुवाइको पहिलो दिन चलाउनेका तर्फबाट र अभियुक्तका तर्फबाट केही कानुन व्यवसायीले बहस गरेका थिए। उनका तर्फबाट बहस गर्न २९ जनाले वकालतनामा पेस गरेका छन् ।

चलाउनेविरुद्ध ०७७ असोज २० गते नेविसंघका नेताहरूले सांघातिक आक्रमण गरेका थिए ।

योगेन्द्र रावल, दीपकराज ओझा, हरिप्रसाद आचार्य, रुपेश साह, रविनकुमार लामा, सयुज श्रेष्ठ र निरज रानामगरलगायतविरुद्ध ज्यान मार्ने उद्योगको अभियोगमा मुद्दा चलाइएको छ ।

कांग्रेससमेत सहभागी वर्तमान सरकारले मुद्दा फिर्ता लिने निर्णय गरे पनि सर्वोच्च अदालतले अन्तरिम आदेशमार्फत रोकिदिएको छ ।
 

प्रकाशित मिति: मंगलबार, असोज ९, २०८०  १५:१६
प्रतिक्रिया दिनुहोस्
Weather Update