Public Pana

श्रम रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरतशिह भण्डारीले खानेपानी तथा सरसफाइजस्ता नागरिकका आधारभूत आवश्यकता पूर्ति गर्न सामूहिक प्रयासको खाँचो रहको बताउनुभएको छ । 
 

आज मंगलबार खानेपानी मन्त्रालयले काठमाडौंमा आयोजना गरेको खानेपानी सरसफाइ तथा स्वच्छता संयुक्त क्षेत्रगत समीक्षासम्बन्धी सम्मेलनमा बोल्दै कार्यवाहक खानेपानीमन्त्री समेत रहनुभएका भण्डारीले सरकार, निजी क्षेत्र र दातृ निकाय तथा समूदायको सामूहिक प्रयासबाट नै खानेपानी तथा सरसफाइजस्ता नागरिकका आधारभूत आवश्यकता पूर्ति गर्न सकिने बताउनुभएको हो ।
 

संविधानमा उल्लेख स्वच्छ तथा शुद्ध खानेपानी पाउने नागरिकको हक कार्यान्वयनमा सरकार सचेत रहेको उहाको भनाइ छ । मन्त्री भण्डारीले अहिले खुल्ला दिशामुक्त क्षेत्र घोषणा गरेपनि सचेतनाको अभावमा केहि क्षेत्रमा कार्यान्वयनमा कमी देखिएकाले स्थानीय संघसंस्थाहरुले सचेतनामुलक कार्यक्रम सञ्चालन गर्नुपर्नेमा जोड दिनुभयो ।
 

मन्त्री भण्डारीले दिगो विकास लक्ष्यसँग जोडिएको उक्त विषयलाई विशेषरूपमा लिएर काम गर्न सके समतामुलक समाज निर्माणमा सहयोग पुग्ने जिकिर गर्नुभयो । 
 

श्रम रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरतशिह भण्डारीले खानेपानी तथा सरसफाइजस्ता नागरिकका आधारभूत आवश्यकता पूर्ति गर्न सामूहिक प्रयासको खाँचो रहको बताउनुभएको छ । 
 

मंगलबार खानेपानी मन्त्रालयले काठमाडौंमा आयोजना गरेको खानेपानी सरसफाइ तथा स्वच्छता संयुक्त क्षेत्रगत समीक्षासम्बन्धी सम्मेलनमा बोल्दै कार्यवाहक खानेपानीमन्त्री समेत रहनुभएका भण्डारीले सरकार, निजी क्षेत्र र दातृ निकाय तथा समूदायको सामूहिक प्रयासबाट नै खानेपानी तथा सरसफाइजस्ता नागरिकका आधारभूत आवश्यकता पूर्ति गर्न सकिने बताउनुभएको हो ।
 

संविधानमा उल्लेख स्वच्छ तथा शुद्ध खानेपानी पाउने नागरिकको हक कार्यान्वयनमा सरकार सचेत रहेको उहाको भनाइ छ । मन्त्री भण्डारीले अहिले खुल्ला दिशामुक्त क्षेत्र घोषणा गरेपनि सचेतनाको अभावमा केहि क्षेत्रमा कार्यान्वयनमा कमी देखिएकाले स्थानीय संघसंस्थाहरुले सचेतनामुलक कार्यक्रम सञ्चालन गर्नुपर्नेमा जोड दिनुभयो ।
 

मन्त्री भण्डारीले दिगो विकास लक्ष्यसँग जोडिएको उक्त विषयलाई विशेषरूपमा लिएर काम गर्न सके समतामुलक समाज निर्माणमा सहयोग पुग्ने जिकिर गर्नुभयो । 
 

प्रकाशित मिति: मंगलबार, असोज ९, २०८०  १४:५०
प्रतिक्रिया दिनुहोस्
Weather Update