Public Pana
बागलुङको सिडिओमा रिजाल

बागलुङको प्रमुख जिल्ला अधिकारी(प्रजिअ)मा खगेन्द्र प्रसाद रिजाल नियुक्त भएका छन् ।

तत्कालीन प्रजिअ रोशनी कुमारी श्रेष्ठको भक्तपुर प्रशासनमा सरुवा भएसँगै रिक्त बागलुङ प्रशासन प्रमुखमा रिजाललाई पठाइएको हो ।

यसअघि उनी भक्तपुरको प्रजिअ रहेका थिए ।

भदौ २५ गते गृह मन्त्रालयले मातहतका पाँच जिल्लाका प्रजिअसहित १० जना सहसचिवहरूको सरुवा गरेको थियो ।

सरुवा मिलानका क्रममा रिक्त हुन पुगेका जिल्लामध्ये बागलुङमा रिजाल गएका हुन् । उनले सोमबारदेखि पदभार ग्रहण गरी नियमित कामकाज शुरु गरेका छन् ।
 

प्रकाशित मिति: मंगलबार, असोज ९, २०८०  १२:४३
प्रतिक्रिया दिनुहोस्
Weather Update