Public Pana
पूर्वराजा ज्ञानेन्द्र शाहकी आमाको ९४ वर्षको उमेरमा आँखाको शल्यक्रिया

पूर्व मुमा बडामहारानी रत्न राज्यलक्ष्मी शाहको ९४ वर्षको उमेरमा आँखाको शल्यक्रिया भएको छ। पूर्वराजा ज्ञानेन्द्र शाहकी आमा रत्नको बुधबार दरबारमार्गस्थित सुदृष्टि आँखा क्लिनिकमा देब्रे आँखाको शल्यक्रिया गराएकी हुन्।

उनको डाक्टर सुमन थापाको नेतृत्वमा रहेको टोलीले शल्यक्रिया गरेका हुन्। शाहलाई लिएर पूर्व राजा ज्ञानेन्द्र शाह, पूर्व रानी कोमल र पूर्व युवराज्ञी हिमानी शाहसहितको टोली अस्पताल पुगेको थियो।

प्रकाशित मिति: बुधबार, भदौ १५, २०७९  २१:३३
प्रतिक्रिया दिनुहोस्
Weather Update