Public Pana
ईःलाई भेट्न पुगिन् उपमेयर डंगोल

काठमाडौँ महानगरका उपमेयर सुनिता डंगोलले ८ दिनदेखि उभिएर विरोध जनाइरहेका सामाजिक अभियन्ता ईःलाई भेटेकी छन् ।

फुटपाथ व्यवसायीलाई अमानवीय तरिकाले हटाइएको भन्दै उनी असोज १ गतेदेखि राष्ट्रिय सभागृहको गेटमा उभिएर विरोध जनाइरहेएका छन् ।

तीनै ईःलाई भेट्न उपमेयर डंगोल केहिबेरअघि राष्ट्रिय सभागृहको गेटमा पुगेको ईःले सामाजिक सञ्जालमार्फत जानकारी गराएका हुन् ।

उनले भनेका छन्, ‘८ दिन अर्थात् १६५ घण्टापछि उपमेयर आएर भेट्नुभयो । मेरो स्वास्थ्य अवस्था बुझ्दै सुस्वास्थ्यको कामना पनि गर्नुभयो । फुटपाथ व्यवसायीहरू विकल्प दिने नीति बनाउन आफूले प्रयास गर्ने तर आफ्नो भूमिका सीमित रहेको बताउनुभयो ।’

उनी राष्ट्रिय सभागृहको गेटमा १८८ घण्टादेखि उभिइरहेका छन् ।

काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाहले अभियन्ता इःसँग आफूले वार्ता गर्न खोजेको र तर नमानेको बताएका थिए ।
 

प्रकाशित मिति: मंगलबार, असोज ९, २०८०  १२:३२
प्रतिक्रिया दिनुहोस्
Weather Update