Public Pana
मौसम पूर्वानुमानः आज यी तीन प्रदेशमा वर्षाको सम्भावना

हाल मनसुनको न्यून चापीय रेखा पश्चिममा सरदर स्थानको दक्षिणतर्फ र पूर्वमा सरदर स्थानभन्दा पूर्वतर्फ अवस्थित रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ ।
 

साथै नेपालको मौसममा भारतको दक्षिण—पूर्वी, उत्तरप्रदेश आसपासमा रहेको न्यून चापीय क्षेत्रको समेत प्रभाव रहेको महाशाखाको भनाइ छ ।
 

अहिले बिहान देशभर आंशिकदेखि सामान्य बदली रही गण्डकी प्रदेशको एक वा दुई स्थानमा हल्का वर्षा भइरहेको छ ।
 

दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रहने महाशाखाले नियमित बुलेटिनमार्फत् जानकारी गराएको छ ।

कोशी, बागमती र गण्डकी प्रदेशका थोरै स्थानहरूमा र बाँकी प्रदेशका एक वा दुई स्थानमा मेघ गर्जन÷चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जानकारी दिएको छ ।
 

राति देशभर आंशिकदेखि सामान्य बदली रहने बताइएको छ। कोशी, बागमती र गण्डकी प्रदेशका थोरै र बाँकी प्रदेशका एक वा दुई स्थानमा मेघ गर्जन÷चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको महाशाखाले बताएको छ ।

rain-ktm1695693907.jpg

प्रकाशित मिति: मंगलबार, असोज ९, २०८०  ०६:५२
प्रतिक्रिया दिनुहोस्
Weather Update