Public Pana

स्वाथ्यमन्त्री मोहनबहादुर बस्नतले फार्मेसी क्षेत्रलाई व्यवस्थीत तथा सुधार गर्न निरन्तर अनुगमन हुने बताउनुभएको छ ।
 

विश्व फार्मेसी दिवसका अवसरमा नेपाल फार्मेसी सङ्घले सोमबार काठमाडौंमा गरेको कार्यक्रममा मन्त्री बस्नतेले फार्मसी क्षेत्रको संवेदनशीलताप्रति गम्भीर हुन आग्रह गर्दै सुधारको प्रयासका लागि निरन्तर अनुगमन र कारवाही गर्ने बताउनुभएको हो ।

उहाले फार्मेसी सञ्चालक आफैले पनि सुधारका काम अघि बढाउन निर्देशन दिनुभयो ।

मन्त्री बस्नतेले गैरफार्मसिष्टलाई फार्मेसीमा राख्ने कामले बिरामीको स्वास्थ्यमाथि खेलवाड हुने गरेको भन्दै सचेत गराउनुभयो ।

उहाले स्वास्थ्य क्षेत्र सुधारका लागि आफुले कार्यभार सम्हालेदेखि निरन्तर लागिपरेको र यसमा सवैको साथ आवश्यक पर्ने धारणा राख्नुभयो । 


प्रत्येक वर्ष सेप्टेम्बर २५ मा विश्वभर फार्मेसी दिवस मनाइँदै आएको छ ।

यसवर्ष स्वास्थ्य प्रणाली सुदृढीकरणमा फार्मेसी’ भन्ने नारासहित देशभर विभिन्न कार्यक्रम गरी दिवस मनाइएको हो । 
 

प्रकाशित मिति: सोमबार, असोज ८, २०८०  १७:०९
प्रतिक्रिया दिनुहोस्
Weather Update