Public Pana

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहप्रति लक्षित गर्दै दम्भ र घमण्डले मानिस सकिने बताएका छन् । 

आज सोमबार काठमाडौंको भृकुटीमण्डपमा सुरु भएको बागमती प्रदेश अधिवेशनको उद्घाटन समारोहलाई सम्बोधन गर्दै ओलीले सो कुरा बताएका हुन् । 

‘एउटा युवा १ सय २५ घन्टादेखि उभिएर सत्याग्रह गरिरहेको छ । त्यहाँ माग के हो भनेर सरकारले सोध्यो? एक जनाले जोसँग सम्बन्धित छ विषय, तीनका नेता खोज्दै जानुपर्ने लगायतका अभिव्यक्ति आएका छन्,’ ओलीले अघि भने, ‘दम्भ र घमण्डले मान्छेलाई सिध््याउँछ। समस्या बल्झाएर कोही सफल हुँदैन। समाधान गरेर सफल हुन्छ ।’

साथै, उनले सरकालाई शक्ति विभाजित हुन सकेपनि सत्य विभाजित हुन नसक्ने उल्लेख गरे । 

‘म सरकारलाई भन्न चाहन्छु, शक्ति विभाजित हुन सक्छ, सत्य विभाजित हुन सक्दैन। म सरकारको ध्यानाकर्षण गर्न चाहन्छु, सत्यलाई विभाजित गर्न सकिँदैन,’ ओलीले भने, ‘सत्यसँग सिंह नजुधाउनुस्, शिक्षकहरूसंग चलाखी नगर्नुस्। शिक्षा मन्त्रालयमा वार्ता हुँदैन, गृहमा हुन्छ । एकथरीसँग वार्ता गरिन्छ अर्कोसँग गरिँदैन् । लोकतन्त्रमा यस्तो हुँदैन ।’
 

प्रकाशित मिति: सोमबार, असोज ८, २०८०  १६:५६
प्रतिक्रिया दिनुहोस्
Weather Update