Public Pana

कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतबहादुर कार्कीले मन्त्रिपरिषद् विस्तार गरेका छन्। सोमबार मुख्यमन्त्री कार्कीले २ मन्त्री र २ राज्यमन्त्री नियुक्त गरेका हुन् । 
 

खानेपानी, ऊर्जा तथा सिँचाइमन्त्री बुद्धिकुमार राजभण्डारी नियुक्त भएका छन् भने लीलाबल्लभ अधिकारी आन्तरिक मामिला तथा कानुनमन्त्री बनेका छन् ।
 

त्यस्तै, उद्योग, भूमिव्यवस्था तथा कृषि राज्यमन्त्रीमा  रामप्रसाद मेहता र आर्थिक मामिला तथा योजना मन्त्रीमा निरन राई नियुक्त भएका छन् । 
 

यसअघि विस्तारित मन्त्रिपरिषद् सदस्यसहित कोशीको मन्त्रिपरिषद् ९ सदस्यीय बनेको छ ।
koshi-minister1695640043.jpg

प्रकाशित मिति: सोमबार, असोज ८, २०८०  १६:५०
प्रतिक्रिया दिनुहोस्
Weather Update