Public Pana
शेयर बजारमाा ६ वटा कम्पनीको शेयर १० प्रतिशतले बढ्यो

शेयर बजार आज पनि घटेको छ । हिजो आइतवार १९ अङ्कले घटेको शेयर बजार परिसूचक नेप्से आज ५ दशमलव ८९ अङ्कले घटेर २ हजार ४ दशमलव ४५ विन्दुमा झरेको छ ।

आज जलविद्युत् र म्युचल फन्डबाहेक अरू सबै समूहको शेयर सामान्य घटेको छ । आज शुभम् पावर, थ्री स्टार हाइड्रो र अपर लाहोरे खोला जलविद्युतको शेयर १० प्रतिशतले घटेको छ ।

समग्रमा बजार घटेको दिन सबैभन्दा धेरै माइखोला जलविद्युत्, एसियन हाइड्रो, मन्दाकिनी हाइड्रो, इस्टर्न पावर, हिमालय ऊर्जा विकास कम्पनी र हिमालयन लघुवित्तको शेयर १० प्रतिशतले बढेको छ ।

आज ६५ लाख १६ हजार कित्ता शेयर १ अर्ब ५६ करोड ५५ लाख रुपैयाँमा कारोबार भएका छन् । सबैभन्दा धेरै सन नेपाल लाइफ इन्सुरेन्स कम्पनीको ७ करोड ६८ लाख रुपैयाँको शेयर किनबेच भएको छ ।
 

प्रकाशित मिति: सोमबार, असोज ८, २०८०  १६:३९
प्रतिक्रिया दिनुहोस्
Weather Update