Public Pana
पहिरोमा पुरिएर गुल्मीमा १ जनाको ज्यान गयो

पहिरोमा पुरिएर गुल्मीमा १ जनाको ज्यान गएको छ ।

पहिरोमा पुरिएर प्युठानको गौमुखी गाउँपालिका–३ का १७ वर्षीय डोरबहादुर घर्तीको ज्यान गएको  जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी उपरीक्षक (एसपी) नविनकिशोर प्रधानले जानकारी दिनुभयो ।

रेसुङ्गा नगरपालिका–३ भाडगाउँमा शेरबहादुर बेलबासेको घर निर्माण गर्ने क्रममा माथिबाट पहिरो खस्दा घर्तीको घटनास्थलमै ज्यान गएको एसपी प्रधानले बताउनुभयो ।

पहिरोमा परेर घरधनी ७९ वर्षीय शेरबहादुर बेलबासे र प्युठानको गौमुखी–३ का २४ वर्षीय टेकबहादुर घर्ती घाइते भएका छन् ।

गुल्मीमा गएको ३ दिनदेखि लगातार पानी परिरहेको छ । वर्षाका कारण गुल्मीको जनजीवन प्रभावित भएको छ ।
 

प्रकाशित मिति: सोमबार, असोज ८, २०८०  १६:०८
प्रतिक्रिया दिनुहोस्
Weather Update