Public Pana

आन्दोलनरत राहत शिक्षकहरूले आज सोमबार सडकमा सुतेर विरोध गरेका छन् । आन्दोलनमा राहत शिक्षक, बालविकास शिक्षक, पेन्सन वञ्चितलगायत शिक्षकहरू काठमाडौंको माइतीघरबाट बानेश्वर पुगेर सडकमै लम्पसार सुतेका हुन् । 

राज्यले आफूहरूलाई लाशजस्तै बनाएको भन्दै उनीहरूले सांकेतिक रूपमा मुर्दा बनेर विरोध जनाएको बताए । 


गत असोज ५ गते नेपाल शिक्षक महासंघ र सरकारबीच ६ बुँदे सम्झौता भएको थियो ।

उक्त सम्झौतामा आफूहरूको माग सम्बोधन नगरिएको भन्दै राहत शिक्षकलगायतले आन्दोलनलाई निरन्तरता दिइरहेका छन् ।
 

प्रकाशित मिति: सोमबार, असोज ८, २०८०  १३:१५
प्रतिक्रिया दिनुहोस्
Weather Update