Public Pana

छिमेकी मित्रराष्ट्र चीनको भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई ग्रेट हल अफ दि पिपलमा ‘गार्ड अफ अनर’ (राजकीय सम्मान) प्रदान गरिएको छ ।

प्रधानमन्त्री दाहाललाई चीनको राष्ट्रिय जनमुक्ति सेनाको विशेष टुकडीले आज ‘गार्ड अफ अनर’ प्रदान गरेको हो । 

त्यसअघि प्रधानमन्त्री दाहाललाई उनका चिनियाँ समकक्षी ली छ्याङले ग्रेट हल अफ दि पिपलमा स्वागत गरेका थिए । 

प्रधानमन्त्री प्रचण्ड  र चिनियाँ समकक्षी ली छ्याङबीच बेइजिङमा द्विपक्षीय भेटवार्तासँगै सम्झौता समेत भयो ।

21695623894.jpg

31695623872.jpg

41695623847.jpg

661695623829.jpg

प्रकाशित मिति: सोमबार, असोज ८, २०८०  १२:१६
प्रतिक्रिया दिनुहोस्
Weather Update