Public Pana
सल्यानमा तरकारी बोकेको जिप दुर्घटना हुँदा २ जनाको मृत्यु

सल्यानमा तरकारी बोकेको जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । अर्का एकजना घाइते छन् ।
 

रोल्पाबाट दाङतर्फ जाँदै गरेको रा १ च १०२५ नम्बरको जिप सोमबार बिहान सवा ६ बजेतिर कपुरकोट गाउँपालिका वडा नम्बर ३ चोरखोला नजिकै दुर्घटना हुँदा दुईजनाको घटनास्थलमै मृत्यु भएको हो ।
 

जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी गोपाल श्रेष्ठका अनुसार मृतकको सनाखत हुन बाँकी छ ।
 

दुर्घटनामा परी दाङ तुलसीपुरका ३५ वर्षीय नारायण योगी घाइते भएका छन् ।
 

प्रकाशित मिति: सोमबार, असोज ८, २०८०  ०९:४१
प्रतिक्रिया दिनुहोस्
Weather Update