Public Pana
विदेशी लगानी भित्राएर नेपाललाई धनी बनाउन चाहेको प्रधानमन्त्रीको भनाई

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नेपाल चिनियाँ लगानीकर्ताहरुका लागि अवसरको भूमि रहेको बताएका छन् ।
चीन भ्रमणमा रहेका प्रधामन्त्री दाहालले आइतबार बेइजिङमा सम्बोधनका क्रममा नेपाल व्यवसाय वृद्धि गर्न जनसंख्यिक लाभका साथै युवाहरुको बाहुल्यता रहेको बताएका हुन् ।    

प्रधानमन्त्री दाहालले नेपाल उद्योग वाणिज्य महासंघ र चाइना काउन्सिल फर प्रमोसन अफ इन्टरनेशनल ट्रेड (सीसीपीआईटी)ले आयोजना गरेको नेपाल चाइना बिजनेश समिटमा नेपाला लगानीको वातावरण उपयुक्त रहेको सुनाए । 
कार्यक्रमलाई समबोधन गर्दै उनले जलस्रोत, हाइड्रोपावर उत्पादनको क्षमता, कृषिको क्षेत्र, फैलिरहेको पर्यटन उद्योग र सूचना प्रविधिको क्षेत्रमा लगानी गरी ठूलो नाफा कमाउन सकिने बताएका छन् । 

नेपाल चाइना जनेश समिटले दुई देशबीच आर्थिक सहकार्यका लागि महत्वपूर्ण हुने उनले बताए।
प्रधानमन्त्री दाहालले प्रधानमन्त्रीको रुपमा आफ्नो तेस्रो भ्रमण भएको बताउँदै चीन आउँदा विभिन्न क्षेत्रको विकास देखेर चकित परेको बताए ।
चीनले पूर्वधारदेखि उद्यौगिक क्षेत्र, गरिवी निवारण, शिक्षा, स्वास्थ्य सेवामा उच्च प्रगति गरेको पनि उनले उल्लेख गरे । 
फोरममा चिनका वाणिज्य मन्त्री वाङ वेन्तो, अन्तराष्ट्रिय व्यापार प्रवर्द्धन परिषद्का अध्यक्ष, नेपाल उद्योग वाणिज्य महासंघका पदाधिकारी कार्यक्रममा सहभागी रहेका थिए ।

प्रधानमन्त्री दाहालले नेपाल चीन द्विपक्षीय  व्यापार स्थिर रहेको बताउँदै उनल चीन नेपालको दोस्रो वैदेशिक लगानीको स्रोत रहेको उल्लेख गरे । 

उनले नेपालको व्यापार घाटा चिन्ताजनक अवस्थामा रहेकाले सम्बोधन गर्ने प्रयासमा रहेको बताए । 

नेपालमा लगानी बढाउन चीनलाई गर्दै प्रधानमन्त्री दाहालले बिदेशी लगानी मार्फत नेपालीलाई धनी बनाउन चाहेको उल्लेख गर्नुभयो । 

प्रकाशित मिति: आइतबार, असोज ७, २०८०  १६:१६
प्रतिक्रिया दिनुहोस्
Weather Update