Public Pana
गाईको चित्र अङ्कित मेडालियन सिक्काको बिक्री शुरु, कति पर्छ मूल्य ?

नेपाल राष्ट्र बैंकको टक्सार महाशाखाले नेपाल औषधि उद्योगको परिसरमा स्थानान्तरण भएपछि पुराना मेशिनहरू मर्मत गरी मुद्रणसम्बन्धी काम शुरु गरेको छ ।

महाशाखाले आज आइतवारदेखि राष्ट्रिय जनावर गाईको चित्र अङ्कित ’मेडालियन सिक्का’ को बिक्री-वितरण शुरु गरेको छ । टक्सार महाशाखामा आयोजित कार्यक्रममा गभर्नर महाप्रसाद अधिकारीले सिक्का सार्वजनिक गरे ।


महाशाखाले १० ग्राम र २५ ग्रामका दुई किसिमका चाँदीका मेडालियन सिक्का टकमरी गरी बिक्री शुरु गरेको हो । १० ग्राम सिक्काको मूल्य १६ सय रुपैयाँ र २५ ग्राम सिक्काको चार हजार रुपैयाँ निर्धारण भएको छ ।


बैंकसँग मौज्दात रहेको चाँदीलाई गलान गरी मेडालियन सिक्का टकमरी गरिएको टक्सार महाशाखाले जनाएको छ । दर उल्लेख नगरि निष्कासन गरिएको सिक्कालाई मेडालियन भनिन्छ ।
sikka1695550130.jpg

प्रकाशित मिति: आइतबार, असोज ७, २०८०  १५:५३
प्रतिक्रिया दिनुहोस्
Weather Update