Public Pana
“इन्डो प्यासिफिक” सैनिक सम्मेलनमा भाग लिन प्रधानसेनापति शर्मा भारत प्रस्थान

प्रधानसेनापति प्रभुराम शर्मा भारत प्रस्थान गरेका छन् । ’इन्डो प्यासिफिक’ क्षेत्रका सेनापतिहरूको सम्मेलनमा भाग लिन सेनापति शर्मा आज आइतवार भारत प्रस्थान गरेका नेपाली सेनाले जनाएको छ ।

प्रधानसेनापति शर्मालाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बलाधिकृत रथी सरोज प्रताप राणाले बिदाइ गरेका थिए ।

भारत प्रस्थान गर्नुअघि आजै प्रधानसेनापतिलाई जङ्गी अड्डामा सेनाको एक टुकडीले सम्मान गारत अर्पण गरेको थियो । शर्माको अनुपस्थितिमा बलाधिकृत रथी राणाले कायममुकायम प्रधानसेनापतिको कार्यभार सम्हाल्ने छन् ।

सम्मेलन भोलि सोमवारदेखि १० गतेसम्म भारतको नयाँ दिल्लीमा हुनेछ । सम्मेलनमा ३० वटा देशका सेनापतिको सहभागिता रहनेछ ।
 

प्रकाशित मिति: आइतबार, असोज ७, २०८०  १५:४८
प्रतिक्रिया दिनुहोस्
Weather Update