Public Pana

नेपाली कांग्रेसका केन्द्रीय सदस्यहरुले सरकारको भूमिकालाई प्रभावकारी बनाउनुपर्नेमा जोड दिएका छन् । पार्टी कार्यालय सानेपामा केहि दिनदेखि जारी केन्द्रीय समिति बैठकमा धारणा राख्ने सदस्यहरुले पार्टीका तर्फबाट सरकारमा सहभागी भएरमात्रै नपुग्ने भन्दै सरकारको भूमिकालाई प्रभावकारी बनाउनुपर्नेमा जोड दिएका हुन् । 

साथै उनीहरुले सरकारलाई जनमुखी र प्रभावकारी बनाउनका लागि प्रधानमन्त्रीलाई समेत आग्रह गर्नुपर्ने धारणा राखेका थिए ।

आज आइतबार सम्पन्न बैठकपछि प्रचार बिभाग प्रमुख मीन विश्वकर्माले केन्द्रीय सदस्यहरुले जनतालाई प्रत्यक्ष महशुस हुने गरि सरकारको कामलाई प्रभावकारी बनाउनुपर्ने धारणा आएको जानकारी दिनुभयो ।

उहाले निश्चित उदेश्यका साथ बनाइएको गठबन्धनलाई निरन्तर अघि बढाउनुपर्ने धारणा कांग्रेसको रहेको बताउनुभयो । सरकारले गरेको ठिक कामलाई जनतामाझ पुराउनुपर्ने र सरकारको कमीकमजोरीका बारेमा औल्याउन सकिने उहाको भनाइ छ ।

विश्वकर्माले अहिले गठबन्धनको सरकार भएकाले प्रधानमन्त्रीले सन्तुलित ढंगले लैजानुपर्ने र सन्तुलन गर्न नसके समस्या पर्ने जिकिर गर्नुभयो ।

सरकार ढल्ने र नढल्ने बिषय सरकारको कामकारवाहीमा भर पर्ने भएपनि सरकार परिवर्तनमा कांग्रेसले फर्केर नहेरेको उहाको भनाइ छ ।

त्यस्तै केन्द्रीय समिति बैठकमा महासमिति बैठकको प्रभावकारीता, पार्टी कार्यक्रमको समिक्षाका साथै समसामायिक बिषयमा धारणा राखेको विश्वकर्माले जानकारी दिनुभयो । केन्द्रिय कार्यसमिति बैठक सोमबार पुन ११ बजे बस्ने कांग्रेसले जनाएको छ । 

प्रकाशित मिति: आइतबार, असोज ७, २०८०  १५:४१
प्रतिक्रिया दिनुहोस्
Weather Update