Public Pana

दलहरूले सुन तस्करीको उच्चस्तरीय जाँचबुझ आयोगको कार्यादेशबारे प्रस्ताव तयार पारेका छन् । यसबारे नेकपा एमालेसँग छलफल गरेर आइतबार नै आयोग गठन गर्ने तयारी छ ।

भेप र ब्रेक शुमार्फत भएको सुन तस्करीलाई लिएर एमालेले संसद अवरुद्ध गरेपछि दलहरुबीच ५ असोजभित्र उच्चस्तरीय जाँचबुझ आयोग बनाउने सहमति भएको थियो । तर आयोगको कार्यादेशबारे दलहरुबीच सहमति नहुँदा आयोग गठनमा ढिलाइ भएको थियो ।

आज आइतबार कार्यवाहक प्रधानमन्त्री पूर्णबहादुर खड्काको कार्यकक्षमा एमाले बाहेकका दलहरुबीच छलफल भएको छ । 

आइतबार दिउँसो सरकारका प्रतिनिधि र प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका नेताहरुबीच गृह मन्त्रालयमा छलफल सुरु भएको छ ।
 

प्रकाशित मिति: आइतबार, असोज ७, २०८०  १५:०६
प्रतिक्रिया दिनुहोस्
Weather Update