Public Pana
महालेखापरीक्षकको कार्यालयले भन्यो–बेरुजु लगत अभिलेख ढाँचा अनुसार नै राख्नु

महालेखापरीक्षकको कार्यालयले तोकिएको ढाँचाअनुसारको विवरण लेखा परीक्षणको टोलीसमक्ष पेश गर्न भनेको छ । 
 

अस्ति शुक्रवार महालेखापरीक्षकको कार्यालयले लेखा उत्तरदायी अधिकृत तथा सङ्घीय र प्रदेशस्थित आयोग, सचिवालय, तथा केन्द्रीय निकायहरूलाई पत्राचार गर्दै गत विगत वर्षहरूको बेरुजू लगत, फर्छ्यौट तथा सम्परीक्षणको अवस्था र चालु वर्षको स्थितिसमेतको लागत अद्यावधिक विवरण लेखा परीक्षकसमक्ष पेश गर्न भनेको हो । 

आर्थिक वर्ष २०७९-०८० को लेखा परीक्षण गर्ने क्रममा गत विगत वर्षको बेरुजु लगत, फर्स्यौट तथा सम्परीक्षणको अवस्था र चालू वर्षको बेरुजू स्थितिसमेतको लगत अद्यावधिक विवरण तयार गरी लेखा परीक्षकसमक्ष पेस गर्न भनिएको ढाँचा अनुसार गत वर्षको बाँकी बेरुजू, यो वर्ष सम्परीक्षण गरिएको बेरुजू, यो वर्ष कायम भएको बेरुजू, सम्परीक्षणबाट कायम बेरुजू र अद्यावधिक बेरुजू रकम उल्लेख गर्नु पर्ने कार्यवाहक महालेखापरीक्षक महेश्वर काफ्लेद्वारा जारी पत्रमा उल्लेख छ ।
 

आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व एन २०७६ को दफा ३८ मा लेखापरीक्षणबाट देखिएको बेरुजुको लगत कार्यालयस्तर र केन्द्रियस्तरमा राख्नुपर्ने व्यवस्था छ ।

उक्त व्यवस्था अनुसार महालेखापरीक्षकको कार्यालयले तोकिएको ढाँचाअनुसारको बेरुजुको अद्यावधिक विवरण लेखा परीक्षणको टोलीसमक्ष पेश गर्न भनेको हो । 

आर्थिक वर्ष २०७९-०८० को लेखा परीक्षण गर्ने क्रममा गत विगत वर्षको बेरुजु लगत, फर्स्यौट तथा सम्परीक्षणको अवस्था र चालू वर्षको बेरुजू स्थितिसमेतको लगत अद्यावधिक विवरण समेतको परीक्षण गरी चालु वर्षको प्रतिवेदनमा समावेश गरिने भएकोले बेरुजु फर्स्यौट तथा सम्परीक्षणमा विशेष ध्यान दिई बितिए अनुशासन कायम हुन पुग्ने अनुमान गरिएको छ । 
 

आगामी दिनमा आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व ऐन २०७६ तथा नियमावली २०७७ मा उल्लिखित समयावधिभित्र बेरुजु फर्स्यौट तथा सम्परीक्षण कार्यले प्राथमिकता पाइ मुख्यसचिव वैकुण्ठ अर्यालको अध्यक्षतामा गत साउन १ मा भएको सचिव बैठकको निर्णयानुसार आर्थिक वर्ष २०८०-०८१ लाई आर्थिक अनुशासन वर्ष मनाउने निर्णय कार्यान्वयनमा सघाउ पुग्ने विश्वास गरिएको छ ।

mha---1695547121.png


 

प्रकाशित मिति: आइतबार, असोज ७, २०८०  १५:००
प्रतिक्रिया दिनुहोस्
Weather Update