Public Pana
गृहमन्त्रीलाई रवि लामिछानेको प्रश्न–सुन तस्करीमा मुछिएका सत्तारुढ नेतालाई सुनपानी छर्कन खोज्नुभएको हो ?

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति तथा सांसद रवि लामिछानेले सुन तस्करी प्रकरणमा सत्तारुढ दलका नेताहरूमाथि गहिरो अनुसन्धान नभएको बताएका छन् ।

आज आइतबार प्रतिनिधि सभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा बोल्दै सभापति लामिछानेले सुन तस्करी प्रकरणमा सत्तारुढ दलका मानिसहरूमाथि गहिरो अनुसन्धान नभएको बताएका हुन् । उनले अनुसन्धान हेर्दा भद्दा मजाक जस्तो देखिएको बताए ।

उनले सरकारले गर्ने अनुसन्धान ‘बम’ होला भन्ने अपेक्षा आफूहरूले गरेको भएपनि सलाईको काँटीजति पनि नपड्किएको भन्दै टिप्पणी गरे । उनले शङ्काको घेरामा रहेका व्यक्तिहरू मोबाइल फम्र्याट गरेर प्रहरीकोमा पुगेको भन्दै उनले प्रहरी अनुसन्धानमा राजनीतिक हस्तक्षेप भएको हो कि भनी आशङ्का व्यक्त गरे ।

सभापति लामिछानेले सुन तस्करी प्रकरणका केही शङ्कास्पद व्यक्तिलाई अनुसन्धानले सुन पानी छर्किने काम गरेको बताए ।

उनले अनुसन्धान अपुरो भएको भन्दै अपुरो अनुसन्धान हुँदा अदालतले गर्ने न्याय निरूपण पनि आलोचित हुनसक्ने बताए ।
 

प्रकाशित मिति: आइतबार, असोज ७, २०८०  १४:४७
प्रतिक्रिया दिनुहोस्
Weather Update