Public Pana
सुन प्रकरणमाथि छानबिन आयोग गठनबारे सर्वदलीय छलफल जारी

सुन तस्करी प्रकरणमा उच्चस्तरीय जाँचबुझ आयोग गठनको विषयमा छलफल गर्न कार्यवाहक प्रधानमन्त्री पूर्णबहादुर खड्काले सर्वदलीय बैठक राखेका छन् ।

रक्षा मन्त्रालयमा जारी बैठकमा उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ, प्रमुख दलका सचेतक प्रमुख सचेतक सहभागी छन् ।

बैठकमा काँग्रेसबाट रमेश लेखक, एमालेबाट महेश बर्तौला, रास्वपाबाट रवि लामिछाने, जसपाबाट प्रदीप यादवलगायतका नेता उपस्थित छन् ।

सुन तस्करी छानबिनका लागि पूर्व सहमति अनुसार सरकार आयोग गठनमा तयार नभएको आरोप प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको छ ।
 

प्रकाशित मिति: आइतबार, असोज ७, २०८०  १४:३१
प्रतिक्रिया दिनुहोस्
Weather Update