Public Pana
स्मार्ट मोटर्स ईभी नेपाल ल्याउँदै सिजि मोटर्स

चौधरी गु्रप अन्तर्गतको सिजि मोटर्सले चिनियाँ कम्पनी स्मार्ट मोटर्स ईभीका गाडीहरु नेपालमा ल्याउने भएको छ ।
सिजि मोटर्सका प्रबन्ध निर्देशक निर्वाण चौधरीले स्मार्ट मोटर्ससँग सिजी मोटर्सले सहकार्य गरेको जानकारी दिए ।

स्मार्ट मोटर्स ईभी चर्चित जर्मन कम्पनी मर्सिडिज बेञ्जको संयुक्त लगानी रहेको गाडी निर्माता कम्पनी हो ।

दुई कम्पनीबीच चीनको हाउजाउमा सहकार्यको सम्झौता भएको हो । शनिबार स्मार्ट मोटर्स ईभीका गाडीहरु नेपालमा ल्याउने सम्झौता भएको चौधरीले जानकारी दिए ।

स्मार्ट मोटर्स पूर्ण रुपमा विद्युतीय गाडी निर्माण गर्ने कम्पनी हो, जसमा मर्सिडिज बेञ्ज ब्राण्डको पनि लगानी रहेको छ ।

मर्सिडिज र जेजियांग गिली होल्डिंग ग्रुपको संयुक्त लगानीमा सन् २०१९ मा यो कम्पनीको सुरुवात भएको थियो ।

चीनमा स्मार्ट विद्युतीय गाडीहरु निर्माण गर्ने र विश्वभर बिक्री गर्ने गरि यो कम्पनीको सुरुवात भएको थियो ।

यो कम्पनीले चीनमा आफ्नो उत्पादन कारखानाबाट साना विद्युतीय गाडीहरुको निर्माण गर्छ । चीनको निंबुमा प्रमुख कारखाना रहेको यो संयुक्त भेञ्चरमार्फत सन् २०२२ यता स्मार्ट ३१ को उत्पादन भइरहेको छ ।
 

प्रकाशित मिति: आइतबार, असोज ७, २०८०  १४:२६
प्रतिक्रिया दिनुहोस्
Weather Update