Public Pana
राहत शिक्षकहरू धर्नामा

सरकारले शिक्षक महासंघसँग गरेको ६ बुँदे सहमतिप्रति असन्तुष्टि जनाउँदै राहत शिक्षकले आन्दोलन चर्काएका छन् । प्रक्रिया पुर्याएर स्थायी गर्नुपर्नेलगायत माग राख्दै राहत शिक्षकहरूले आइतबार माइतीघर मण्डलामा प्रदर्शन गरेका हुन् ।

सरकार र शिक्षक महासंघबीच ६ बुँदे सहमति भएसँगै शिक्षकले आन्दोलन फिर्ता गरेर आजदेखि पठन पाठन सुचारु गर्ने सहमति भएको थियो । तर, राहत र पेन्सन सुविधाबाट वञ्चित शिक्षकहरूले भने आन्दोलन जारी राखेका छन् । 

नेपाल राहत शिक्षक केन्द्रीय समितिका महसचिव कुमार बजलाईंले महासंघ र सरकारबीच भएको सम्झौताले आम शिक्षक कर्मचारीको मानमर्दन भएकोले आन्दोलन जारी राख्नुपरेको बताए । अहिलेसम्म सरकारको तर्फबाट वार्ताको पहल नभएको उनले बताए । 

महासंघले गरेको सहमतिलाई धोखा भन्दै राहत शिक्षक संघर्ष समितिले शनिबार पनि काठमाडौंमा प्रदर्शन गरेको थियो । शिक्षक आन्दोलनका कारण काठमाडौंको माइतीघर–बानेश्वर क्षेत्रको सडकमा बुधबारदेखि सवारी आवागमन प्रभावित बनेको छ । आइतबार भने सवारी आवागमन पूरै अवरुद्ध भएको छैन ।

teacher1695458672.jpg

प्रकाशित मिति: आइतबार, असोज ७, २०८०  १२:५९
प्रतिक्रिया दिनुहोस्
Weather Update