Public Pana
रामजनमलाई देउवाकाको प्रश्न : तपाईँ अझै युवकै हुनुहुन्छ ?

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले केन्द्रीय सदस्य रामजनम चौधरी बोलिरहँदा ‘तपाईँ अहिलेसम्म युवकै हुनुहुन्छ ?’ भनि प्रश्न गरेका छन् ।

केन्द्रीय समितिको जारी बैठकमा बोल्ने क्रममा चौधरीले युवाहरु विदेश पलाएन भइरहेको बताएका थिए । ‘अर्थतन्त्र ध्वस्त भइसकेको छ ।

युवा आकर्षण गर्ने पार्टीले कार्यक्रम सञ्चालन गर्नुपर्यो’ चौधरीले भने, ‘अर्थतन्त्रलाई सुधारन्मुख गर्नका लागि पार्टीले स्पेसिफिक कार्यक्रम ल्याउन अर्थमन्त्रीलाई अनुरोध गर्नुपर्ने बेला आइसकेको छ ।’

चौधरीले बोलिरहँदा देउवाले बीचमै रोकेर भने, ‘तपाईँ अहिलेसम्म युवकैै हुनुहुन्छ ?’ हामी जस्ता यूवा भन्नुभयो, तपाईँ अहिलेसम्म युवकै हुनहुन्छ भन्या नि?’

देउवाले चौधरीलाई प्रश्न सोधेपछि केन्द्रीय सदस्यहरु हाँसे । त्यसपछि देउवाले ‘भयो भयो’ ठीक छ भन्दै थप बोल्न निर्देशन दिए ।

प्रकाशित मिति: आइतबार, असोज ७, २०८०  १२:३५
प्रतिक्रिया दिनुहोस्
Weather Update