Public Pana

नेपाल क्रिकेट संघ क्यानको सचिव पारस खड्का निर्वाचित भएका छन् । 
 

शनिबार क्यानको निर्वाचनमा अर्का प्रत्यासी प्रशान्त बिक्रम मल्ललाई पराजित गर्दै खड्का सचिवमा निर्वाचित भएका हुन् । अन्तिम मत परिणाम अनुसार पारसले ४८ मत प्राप्त गरे भने अर्का प्रत्यासी प्रशान्तले ३७ मत प्राप्त गरे ।

दुई वर्षअघि क्रिकेटको ब्यवस्थापनमा आउने उद्घोष सहित पारसले सक्रिय क्रिकेटबाट सन्यास लिएका थिए ।

पराजित प्रशान्त क्यानका पूर्व कार्यवहाक सचिव थिए । विवादास्पद नेपाल टी ट्वान्टी लिगको आयोजना पश्चात उनले सचिव पदबाट राजीनामा दिएका थिए ।

सचिवमा निर्वाचित भएपछि पारसले क्रिकेटका राम्रा र नराम्रा पक्षलाई एकठाउमा ल्याएर यस क्षेत्रलाई संस्थागत रुपमा अघि बढाउन भूमिका निर्वाह गर्ने प्रतिवद्धता जनाउनुभयो । 
क्यानको अध्यक्षमा चुतरबहादुर चन्द निर्विरोध निर्वाचित भएका छन् । उपाध्यक्षमा रोशन सिंह र कोषाध्यक्षमा पदमबहादुर खड्का निर्विरोध निर्वाचित भए ।  

महिला सदस्यमा जयन्तीदेवी भट्ट र प्रदेशबाट निर्वाचित हुने कार्यसमिति सदस्यमा कर्णालीबाट श्रीधर केसी, लुम्बिनीबाट प्रदिप मजगैया निर्विरोध रहे ।
 

त्यस्तै खुल्ला सदस्यमा धिरेन्द्र सावद, दुर्गा पाठक, आयुस श्रेष्ठ,  विरेन्द्र चन्द , करन महत्रा क्षेत्री हुनुभयो । त्यस्तै खुल्ला सदस्यमा महत्रा र ऋषि गौतमले समान २६ मत प्राप्त गरेपछि गोलाप्रथाबाट महत्रा निर्वाचित भएका हुन् । 

प्रकाशित मिति: शनिबार, असोज ६, २०८०  १९:४८
प्रतिक्रिया दिनुहोस्
Weather Update