
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र चिनियाँ राष्ट्रपति सी चिनफिङबीच भेट भएको छ ।
आज शनिबार चीन पुगेका प्रधानमन्त्री प्रचण्डले हाङ्जाओमा राष्ट्रपति सीसँग द्धपक्षिय भेटवार्ता गरेका हुन् ।
एसियन गेम्सको उद्घाटन समारोहमा सहभागी हुन प्रधानमन्त्री प्रचण्ड शनिबार हाहाङ्जाओ पुगेका छन् ।
प्रचण्डलाई हाङजाओ विमानस्थलमा उनलाई चीन सरकारका खेलकुद तथा सामान्य प्रशासनमन्त्री एवं चिनियाँ ओलम्पिक कमिटीका अध्यक्ष गाव झिदानले स्वागत गरेका थिए ।
प्रधानमन्त्री प्रचण्ड अमेरिकामा संयुक्त राष्ट्रसंघको ७८औँ महासभालाई सम्बोधन गरेर आजै चीन पुगेका हुन् । प्रधानमन्त्री प्रचण्डले यही सेप्टेम्बर २२ मा राष्ट्रसङ्घीय महासभालाई सम्बोधन गरेका थिए ।
एसियन गेम्सको उद्घाटनपछि प्रधानमन्त्री प्रचण्ड चीनको राजधानी शहर बेइजिङ जाने कार्यक्रम छ ।
बेइजिङमा यही सेप्टेम्बर २५ मा आफ्ना चिनियाँ समकक्षी लि छियाङसँग द्विपक्षीय वार्ता गर्ने कार्यक्रम छ। उक्त भेटवार्तापछि प्रधानमन्त्री प्रचण्डले चीनको छोङछिङ महानगरपालिकामा चीनले कृषि र औद्योगिक क्षेत्रमा गरेको विकास अवलोकन गर्नेछन् ।
प्रधानमन्त्री प्रचण्ड आफ्नो प्रतिनिधिमण्डलसहित यही सेप्टेम्बर ३० मा नेपाल फर्कने कार्यक्रम छ ।