Public Pana
प्रधानमन्त्रीको चीन भ्रमण : शीर्ष तहमा द्विपक्षीय वार्ता

चीन भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र चिनियाँ राष्ट्रपति चीन चिनफिङसहित शीर्ष तहमा द्विपक्षीय वार्ता भएको छ ।
 

शनिबार चीनको हाङ्जाओ पुगेका प्रधानमन्त्री प्रचण्डसहितको प्रतिनिधिमण्डको टोलीसहित द्वीपक्षीय वार्ता सुरु भएको हो।

आज यसअघि प्रचण्ड र सीबीच हाङ्जाओमै संक्षिप्त भेट भएको थियो ।
 

द्विपक्षीय वार्तामा प्रधानमन्त्रीसहित नेपालका तर्फबाट परराष्ट्रमन्त्री नारायणप्रकाश साउद लगायत नेपाली प्रतिनिधिमण्डका सदस्यहरू सहभागी छन् ।
 

एसियाली खेलकुदको उद्घाटनका लागि चीन पुगेका प्रधानमन्त्री प्रचण्ड सेप्टेम्बर ३० मा नेपाल फर्कने कार्यक्रम छ ।
 

प्रकाशित मिति: शनिबार, असोज ६, २०८०  १६:२०
प्रतिक्रिया दिनुहोस्
Weather Update