Public Pana

नेपाल क्रिकेट संघ क्यान अध्यक्षमा चतुर बहादुर चन्दसहित ३ पदाधिकारी निर्विरोध निर्वाचित भएका छन् । 
 

आज शनिवारको चुनावी साधारणसभामा अध्यक्ष पदका अर्का उम्मेदवार विनय राज भण्डारीले उम्मेदवारी फिर्ता लिएपछि चन्द निर्विरोध भएका हुन् । 
योसँगै चन्द तेस्रो पटक क्यानको अध्यक्ष बनेका छन् । नयाँ विधान लागू भएपछि लगातार

दुई कार्यकाल भएका थिए भने २०१४ मा उनी अध्यक्ष हुँदा क्यान निलम्बनमा परेपछि काम गर्न पाएका थिएनन् ।
 

त्यस्तै उपाध्यक्षमा रोशन कुमार सिंह र कोषाध्यक्ष पदम बहादुर खड्का समेत निर्विरोध निर्वाचित भए ।

क्यानको शीर्ष चार मध्य तीन पदाधिकारी निर्विरोध चयन भएका छन् ।
 

सचिव र सदस्य पदमा भने निर्वाचन हुने भएको छ ।

सचिवमा पारस खड्का र प्रशान्त विक्रम मल्लबीचमा निर्वाचन हुनेछ ।
 

प्रकाशित मिति: शनिबार, असोज ६, २०८०  १४:४३
प्रतिक्रिया दिनुहोस्
Weather Update