Public Pana

सरकारसंग भएको ६ बुँदे सहमतिप्रति असन्तुष्टि जनाउदै राहत शिक्षकहरुले शनिबार काठमाडौंमा प्रदर्शन गरेको छ । 
 

शिक्षक महासंघ र केहि संगठनले राहत शिक्षकको मागलाई बेवास्ता गर्दै सरकारसंग सहमति गरेको भन्दै उनीहरुले शनिबार काठमाडौंको माइतिघरदेखि बानेश्वरसम्म विरोध प्रदर्शन गरेका हुन् ।

शुक्रबार सरकार र शिक्षकका प्रतिनिधिको छलफलबाट संसदमा दर्ता विद्यालय शिक्षा विधेयक संशोधन गर्ने समझदारी भएको थियो । तर समझदारीमा राहत शिक्षकको मागलाई समावेश गर्न नमान्दा आफुहरु आन्दोलनलाई निरन्तरता दिने अवस्थामा पुगेको राहत शिक्षकहरुले बताएका छन् ।
 

२०७५ सालभन्दा अगाडिका ४० हजार शिक्षक विस्थापित नहुने गरी ऐन बन्नुपर्ने मागलाई सरकारले सुनुवाई नरहेको उनीहको भनाइ छ ।

सरकारसंगको वार्ताका क्रममा आफ्ना माग र मुद्धाहरु अघि सार्दा सम्बोधन गर्न सरकार तयार नभएकाले उक्त सहमति आफुहरुलाई स्वीकार्य नभएको बताएका छन् ।


उनीहरुले वार्ताका क्रममा आफुहरुलाई गृहमन्त्रीले दुव्र्यवहार गरेको आरोप लगाएका छन् ।

त्यस्तै राहत शिक्षकहरुले आफ्ना मागहरु पुरा नभएसम्म बिद्यालयहरु नफर्कने र आन्दोलन जारी राख्ने जनाएका छन् ।

प्रकाशित मिति: शनिबार, असोज ६, २०८०  १४:२२
प्रतिक्रिया दिनुहोस्
Weather Update