Public Pana
सर्लाहीमा आज पनि कर्फ्यु

जिल्ला प्रशासन कार्यालय सर्लाहीले सदरमुकाम मलंगवामा जारी गरेको अनिश्चितकालीन कर्फ्युलाई आज पनि निरन्तरता दिएको छ । 
 

धार्मिक समूहका नाममा सामाजिक सद्भाव विथोल्ने प्रकारका क्रियाकलाप हुन थालेपछि स्थानीय प्रशासनले गएको बिहीबार रातिदेखि मलंगवामा अनिश्चितकालीन कर्फ्यु जारी गरेको छ । 
 

विगत तीन दिनदेखिको अनिश्चितकालीन कर्फ्युबाट मलंगवा क्षेत्रको जनजीवन प्रभावित बनेको छ । 
 

कर्फ्युको कारण शुक्रबार दिनभर बन्द रहेको मलंगवा आज पनि बिहानैदेखि सुनसान छ।

मलंगवाका बजार, पसल, कलकारखाना, होटल आज पनि बिहानैदेखि खुलेका छैनन् । 
 

मलंगवामा आज पनि अनिश्चितकालीन कर्फ्युलाई निरन्तरता दिइएको सर्लाहीका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले जानकारी दिए । 
 

प्रकाशित मिति: शनिबार, असोज ६, २०८०  ०८:५२
प्रतिक्रिया दिनुहोस्
Weather Update