Public Pana
आज क्यानको चुनाव

नेपाल क्रिकेट संघ (क्यान) को चुनाव आज शनिबार हुँदै छ ।
 

काठमाडौंमा शुक्रबार सुरु क्यानको केन्द्रीय साधारण सभा तथा अधिवेशनमा पहिलो दिन बन्द सत्र सकिएपछि आज निर्वाचन हुन लागेको हो । 
 

आज उम्मेदवारको प्रथम नामावली प्रकाशन बिहान ११ः२० मा हुनेछ ।  उम्मेदवारको मनोनयन उपर उजुरी र छानबिनका लागि बिहान ११ः४० को समय तोकिएको छ भने नाम फिर्ताका लागि बिहान ११:५५ बजेसम्मको समय छुट्याइएको छ। त्यसपछि अन्तिम नामावली प्रकाशन गरी मतदान प्रक्रिया सुरु हुनेछ ।
 

क्यानको आगामी चार वर्ष नेतृत्व चयनका लागि सर्वसम्मत गराउने प्रयास पनि जारी छ । 
अहिलेसम्मको माहोल हेर्दा अध्यक्षमा चतुरबहादुर चन्द र विनयराज भण्डारीबीच प्रतिस्पर्धा हुने देखिएको छ । 

 

चन्दको प्यानलमा पूर्वकप्तान पारस खड्का सचिव पदमा उठ्नेछन्। उपाध्यक्षमा चन्द प्यानलबाट नै रोशन सिंह र कोषाध्यक्षमा पदम खड्का उठ्नेछन् । 
 

पारसविरुद्ध सचिवमा क्यानका केन्द्रीय सदस्य प्रशान्त विक्रम मल्लले उम्मेदवारी दिने चर्चा छ। अन्य पदका लागि थुप्रै आंकाक्षी देखिएका छन् । 
 

मुख्य पदमा अन्य पनि उठ्ने चर्चा चले पनि अहिलेसम्म कोहीले खुला रुपमा घोषणा गरेका छैनन्।

यद्यपि समीकरण मिलाउने प्रयासमा भने देखिएका छन् । 
 

यसैबीच झापाबाट दुई प्रतिनिधि आएका कारण विवाद भएपछि त्यहाँको मताधिकार खोसिएको छ ।
 

झापाबाट लाक्पा लामा र मनोज कटवाल दुवैले आफू प्रतिनिधि भएको दाबी गरेपछि त्यहाँको मताधिकार नै खोसिएको हो ।

CAN1695438794.jpg
can_1695438164.png

प्रकाशित मिति: शनिबार, असोज ६, २०८०  ०८:४६
प्रतिक्रिया दिनुहोस्
Weather Update