Public Pana
एसियाली खेलकुदको उद्घाटन आज,  प्रधानमन्त्री प्रचण्ड सहभागी

एसियाको सबैभन्दा ठूलो खेलकुद महोत्सव चीनको चच्याङ्ग प्रान्तको राजधानी हाङचौमा शनिबार उदघाटन हुँदैछ ।

सो महोत्सवमा सहभागी हुन एसियाली ४८ देशमध्ये ४५ देशका खेलाडी हाङचौ पुगेका छन् ।
एसिया ओलम्पिक परिषद्का सदस्य भएका ४५ देश सहभागी भए पनि आर्मेनिया, अजरबैजान र जर्जिया भने सहभागी नभएको चिनियाँ सञ्चारमाध्यले जनाएका छन् ।

 

सो महोत्सव उदघाटन समारोहमा नेपालका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ पनि सहभागी हुँदै छन् । 
 

प्रधानमन्त्री दाहाल ३० सेप्टेम्बरसम्म चीन भ्रमणमा रहने छन् ।
उनी हाङचौ, बेइजिङ, छोङछिङ, तिब्बत र सिचुवान प्रान्तको राजधानी छेन्दु हुँदै नेपाल फर्कने कार्यक्रम तय भएको छ । 

 

एसियाली खेलकुद उदघाटन समारोहमा सहभागी हुनका लागि चीनले नेपालसहित अन्य ६ देशका विशिष्ट अतिथिलाई निमन्त्रणा गरेको छ ।

china sport1695439225.jpg

प्रकाशित मिति: शनिबार, असोज ६, २०८०  ०६:३८
प्रतिक्रिया दिनुहोस्
Weather Update