Public Pana
गैरआवासीय नेपाली संघ एनआरएनएको आइसीसी उपाध्यक्षका लागि अब्दुल वासिदले गरे उम्मेदवारीको घोषणा

गैरआवासीय नेपाली संघ एनआरएनएको आइसीसी उपाध्यक्षका लागि सफल व्यवसायीअब्दुल वासिदले उम्मेदवारीको घोषणा गरेका छन्। 
एनआरएनएको अन्तर्राष्ट्रिय समन्वय परिषद्मको आगामी २०२३–२५ कार्यकालका लागि हुन गइरहेको निर्वाचनमा बसिदले उम्मेदवारी दिने बताएका हुन । 

एनआरएनएमा युवाहरूको बृहत् सहभागिता, संस्थाको दिगो सफलता, युवा श्रमको सम्मानसहित विदेशको सीप, पुँजी, ज्ञान नेपालमा लगानी लगायत समृद्ध नेपालमा एनआरएनएको सहभागिता सहित उनले युवा उपाध्यक्षमा उम्मेदवारी घोषणा गर्ने निर्णयमा पुगेको बताएका छन्।

लामो समयदेखि कतारलाई आफ्नो कर्मथलो बनाएका वासिद सफल व्यवसायीको रूपमा परिचित छन्।

युवा स्वरोजगार, सामूहिक लगानी, सीप र पुँजीको सदुपयोग, एनआरएनएमा युवाहरूको आकर्षण बढाउने, सुरक्षित र मर्यादित वैदेशिक रोजगार बनाउन पहल गर्ने, एनआरएनए स्पोर्ट्स एकेडेमीलाई दीर्घकालीन योजनासहित स्थापित गराउने मुद्धालाई अघि सार्दे बसिदले आफुले जिम्मेवारी पाए युवापुस्ताका मुद्दालाई स्थापित गर्न र  श्रमिकका मुद्दालाई सरोकारवाला निकायसम्म राखेर पुरा गर्ने प्रतिबद्धता जनाएका छन् । 

वासिदले आफू एनआरएनए युवा संयोजक हुँदा ब्रिटिश कम्पनी ‘बेलाको’ नामक होम अप्लाइन्स नेपाल भित्राएका थिए । महोत्तरीको दुर्गम गाँउ बेला भन्ने ठाँउबाट श्रमिकका रुपमा १५ बर्ष अघि कतार छिरेका बसिदले अन्तराष्ट्रिय रुपमा आफुहरुलाई सफल व्यवसायीको रुपमा परिचित गराउन सफल भएका छन् ।

प्रकाशित मिति: शुक्रबार, असोज ५, २०८०  १९:५९
प्रतिक्रिया दिनुहोस्
Weather Update