Public Pana
सरकार र आन्दोलनरत शिक्षकहरु बीच सहमति, आन्दोलनका सवै कार्यक्रम फिर्ता

सरकार र आन्दोलनरत शिक्षकहरु शिक्षा विधेयकको विरोधमा आन्दोलनरत शिक्षकबीच सहमति भएको छ ।

शिक्षकहरूले उठाएका मागहरूलाई संसदबाटै पूरा गर्ने गरी सहमति भएपछि ३ दिनदेखी आन्दोलनमा उत्रिएका शिक्षकहरुले बिरोध कार्यत्रम फिर्ता लिएका हुन ।

विद्यालय शिक्षा सम्बन्धी कानूनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकमा भएका केही व्यवस्थाहरु परिवर्तन गर्न संसदको सार्वभौमिकतालाई सम्मान गर्दै संसदीय प्रणाली, अभ्यास र संघीय संसद सञ्चालनसम्बन्धी मौजूदा विधि बमोजिम प्रक्रिया अगाडि बढाउन सहमति भएपछि आफुहरुले पनि आन्दोलन फिर्ता लिएको शिक्षक संघका नेता नारायण शर्माले जानकारी दिनुभयो । यद्यपी माग पुरा नभए फेरी आन्दोलन गर्नेवारे पनि शिक्षहरुले सरकारलाई सर्तक गराएको उहाँले बताउनुभयो । 

प्रकाशित मिति: शुक्रबार, असोज ५, २०८०  १८:११
प्रतिक्रिया दिनुहोस्
Weather Update