Public Pana
शिवाकोटीको देउवालाई प्रश्नै प्रश्न

नेपाली कांग्रेसका केन्द्रीय सदस्य अजयबाबु शिवाकोटीले उत्तर र दक्षिणका दुई छिमेकी मुलुकहरूले आर्थिक विकास छलाङ मारिरहँदा नेपालको अवस्थामा भने दिनदिनै खस्किएको बताएका छन् ।
 

आज शुक्रबार केन्द्रीय कार्यसमितिको दोस्रो दिनको बैठकलाई सम्बोधनका क्रममा उनले देशको नेतृत्वप्रतिको आशा निराशामा बदलिएको भन्दे चिन्ता जनाएका छन् । 
 

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा विदेशिनेको भिड दिनदिनै देख्दा आँखा रसाउने गरेको पनि उनले बैठकमा सुनाए । 
 

पछिल्लो ३० वर्ष पटक पटक अवसर पाएर पनि ’नेतृत्व तहका अग्रजलाई देश त हामीले बनाएकै रहेछौँ नि भन्ने लाग्दैन?’  भनेर सभापति शेरबहादुर देउवालाई शिवाकोटीले प्रश्न गरे ।
 

प्रकाशित मिति: शुक्रबार, असोज ५, २०८०  १६:४३
प्रतिक्रिया दिनुहोस्
Weather Update