Public Pana
शिक्षकहरूसँग फेरी सरकारको वार्ता

सरकारले ल्याएको विद्यालय ऐनको विरुद्धमा तीन दिनदेखि आन्दोलनरत शिक्षकहरूसँग सरकारले आज फेरी पनि वार्ता शुरु गरेको छ ।

सिंहदरबारस्थित गृह मन्त्रालयमा आज शुक्रबार केहिबेरअघि दुई पक्षबीच वार्ता शुरु भएको हो ।
आजको वार्तामा शिक्षकहरूले उठाएका मागहरूका विषयमा सरकारले आधिकारिक धारणा राख्नेछ । यस्तै, आन्दोलनरत

शिक्षक महासंघले पनि उठाउँदै आएका मागमा लचिलो हुन सक्ने नसक्ने प्रष्ट पार्नेछन् ।
बैठकमा गृहमन्त्री नारायणकाजी श्रेष्ठ, शिक्षामन्त्री अशोक राई लगायत उपस्थित भएका छन् ।

हिजो र आज विहान ८ बजे बसेको वार्ता विना निश्कर्ष स्थगित भएको थियो । 

प्रकाशित मिति: शुक्रबार, असोज ५, २०८०  १६:३५
प्रतिक्रिया दिनुहोस्
Weather Update