Public Pana

स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहनबहादुर बस्नेतले राष्ट्रिय चिकित्सा शिक्षा ऐन, २०७५ लाई परिमार्जन गर्ने तयारी भइरहेको बताउनुभएको छ । 

आज शुक्रबार काठमाडौंमा राप्ति स्वास्थ्य विज्ञान प्रतिष्ठानले आयोजना गरेको कार्यक्रममा मन्त्री बस्नेतले ऐनमा भएका कमीकमजोरीलाई हटाएर राम्रा कुरा समेट्दै परिमार्जन गर्ने तयारी भइरहेको बताउनुभएको हो । उहाले स्वास्थ्य र स्वास्थ्य मन्त्रालय, राष्ट्रिय चिकित्सा शिक्षा आयोगका प्रतिनिधिसंग ऐन परिमार्जनका बिषयमा छलफल सुरु भइसकेको बताउनुभयो ।
उहाले विरामीका आधारमा स्वास्थ्य जनशक्ति उत्पादन हुन नसकेको र अझै पनि २९ हजार दरवन्दी आवश्यक रहेको धारणा राख्नुभयो । 

मन्त्री बस्नेतले मौलिक हकसँग जोडिएको  स्वास्थ्य र शिक्षा सम्बन्धी बिषयमा सरकार गम्भीर रहेको भन्दै गरिब, विपन्न, वृद्ध, बालक, निमुखालाई निशुल्क आधारभुत स्वास्थ्य सेवा उपलव्ध गराउन सरकार तत्पर रहेको जिकिर गर्नुभयो ।
निःशुल्क स्वास्थ्य सेवा क्रमश सवै प्रदेशमा उपलव्ध गराउने उहाको भनाइ छ ।

उहाले सूर्तिजन्य बस्तुको शीर्षकमा उठेको कर क्यान्सर रोगीको उपचारमा खर्च गर्ने र केहि रकमले आवश्यक दरवन्दी सिर्जना गर्न सकिने बताउनुभयो ।  
 

प्रकाशित मिति: शुक्रबार, असोज ५, २०८०  १६:१०
प्रतिक्रिया दिनुहोस्
Weather Update