Public Pana
टाटाले भित्र्यायो विद्युतीय गाडी

टाटा मोटर्सले नेपालमा विद्युतीय कर्मसियल गाडी नेपालमा भित्र्याएको छ । नेपालका लागि टाटा मोटर्सको आधिकारिक बिक्रेता सिप्रदी ट्रेडिङले व्यावसायिक प्रयोजनको नयाँ विद्युतीय गाडी सार्वजनिक गरेको हो ।

सिप्रदीले एक कार्यक्रमबीच टाटा एस–ईभी पिकअप भ्यान सार्वजनिक गरेको हो । योसँगै सिप्रदी व्यावसायिक ईभीमा समेत प्रवेश गरेको छ । अहिले कम्पनीले नेक्सन, टिगोर र टियागो बिक्री गरिरहेको छ ।

टाटा मोटर्सको कमर्सियल भेहिकल इन्टरनेसनल बिजनेस एन्ड स्ट्राटेजी प्रमुख अनुराग मेहरोत्रा र सिप्रदीका एक्जुकेटिभ चेयरम्यान सिद्धार्थ राणाले नयाँ ईभी सार्वजनिक गरे ।

सार्वजनिक भएको एस–ईभीको नेपाली बजारमा २९ लाख ५० हजार रुपैयाँ मूल्य तोकिएको छ ।

फेस्टिभल अफरमा २६ लाख ९९ हजार रुपैयाँ मूल्य कायम गरिएको कम्पनीले जनाएको छ ।
 

प्रकाशित मिति: शुक्रबार, असोज ५, २०८०  १३:४६
प्रतिक्रिया दिनुहोस्
Weather Update