Public Pana
आज पनि वार्ता निश्कर्ष विहिन, सडकमा प्रदर्शनसँगै शिक्षकको नाचगान

आन्दोलनरत शिक्षकहरूले आज शुक्रबार पनि काठमाडौंमा प्रदर्शन गरेका छन् ।

विद्यालय शिक्षा विधेयकको विरोधमा आन्दोलनरत शिक्षकहरुको छाता संगठन नेपाल शिक्षक महासंघले १७ बुँदे माग अघि सारेको छ ।

त्यो माग पूरा गर्न भन्दै शिक्षकहरूले ३ असोजदेखि काठमाडौंमा प्रदर्शन गर्दै आएका छन् ।
आज शुक्रबार तेस्रो दिन पनि उनीहरुले प्रदर्शनलाई निरन्तरता दिएका छन् । माइतीघर मण्डलामा जम्मा भएर

शिक्षकहरुले नयाँ बानेश्वरसम्म प्रदर्शन गर्दै छन् ।

प्रदर्शनकै क्रममा शिक्षकहरुले सडकमै नाचगानसमेत गरेका छन ।
उनीहरुको प्रदर्शनका कारण काठमाडौं उपत्यकाको यातायात सेवा भने प्रभावित भएको छ । जसका कारण यात्रुलाई सास्तीभएको छ ।

आफूहरूका मागका बारेमा शिक्षक संगठनका प्रतिनिधिहरूले बिहीबार बिहान र साँझ तथा आज शुक्रबार बिहान दुई चरणमा मन्त्रीहरुसँग छलफल गरेका थिए । जुन निश्कर्षविहिन भएको छ । 
teacher-11695367802.jpg

प्रकाशित मिति: शुक्रबार, असोज ५, २०८०  १३:१४
प्रतिक्रिया दिनुहोस्
Weather Update