Public Pana
२४ बर्ष अघि बर्दियाबाट संसदीय चुनाव जितेका पूर्वमन्त्री खेमराज भट्ट ‘मायालु’को निधन

पूर्वमन्त्री खेमराज भट्ट ‘मायालु’को निधन भएको छ । क्यान्सर रोगबाट ग्रसित भट्टको गएराती काठमाडौंको बीर अस्पतालमा निधन भएको हो ।  

उहाँको आजै बिहान हिन्दु परम्परा अनुसार पशुपति आर्यघाटमा अन्त्येष्टि गरिएको छ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, लगायत कंग्रेसका नेता कार्यकर्ता तथा अन्य पार्टीका नेताहरुले समेत पशुपति पुगेर भट्टको पार्थिक शरीरमा अन्तिम श्रद्धाञ्जली अर्पण गरेका थिए । 

शुदुरपश्चिमको डडेलधुरामा जन्मिएका भट्ट गणतन्त्रवादी नेताका रुपमा परिचित छन् । 
२०५६ सालमा बर्दियाको क्षेत्र नम्वर ३ बाट प्रतिनिधि सभा सदस्यमा  निर्वाचित भएका भट्ट त्यतिबेला सहायक मन्त्री समेत बनेको थिए ।

बर्दिया क्षेत्र नम्वर ३ बाट संसद बनेपछि भट्टले बर्दियाको ११ गाविससहित जोडिएर बनेको राजापुर क्षेत्रलाई सुनको चिडियाखाना बनाउने भन्दै भाषण गरेपछि उनको उक्त अभिव्यक्तिलाई लिएर मतदाता निकै उत्साहित भएको थिए ।

बिडम्बना उनको संसदीय कार्यकालमा बिकासको प्रगति शुल्य भएको भन्दै बर्दियाका मतदाता उनीसँग रिसाएका थिए ।

पञ्चायत कालमा गणतन्त्रबादी नेता बनेको मायालु पछि नेपाली कंग्रेसमा प्रवेश गरेर मन्त्री बनेका थिए । गत २०७० सालमा उनी माओवादीमा प्रवेश गरेका थिए । 
 

प्रकाशित मिति: शुक्रबार, असोज ५, २०८०  १२:३८
प्रतिक्रिया दिनुहोस्
Weather Update