फिल्म ‘प्रकाश’का निर्देशक दिनेश राउत, लेखक विकास सुवेदी र यो फिल्म छायांकन भएको ठाउँ जुम्लाका स्थानीय मीनराज आचार्यले चलचित्र विकास बोर्डलाई विपक्षी बनाएर उच्च अदालत, पाटनमा मुद्दा दर्ता गराएका छन् ।
गत भदौ १२ गते राष्ट्रपति कार्यलयमा आयोजित ‘राष्ट्रिय चलचित्र पुरस्कार तथा सम्मान समारोह’मा ‘उत्कृष्ट फिल्म’को विधा नै गायब बनाइएको भन्दै ‘प्रकाश’को टिम अदालत गुहार्न पुगेको हो ।
रिट निवेदनमा जुरी कमिटीले गरेको निर्णयको सक्कल झिकाउनुपर्ने र उत्कृष्ट फिल्मको अवार्ड वितरण नगर्नुको कारण सार्वजनिक गरिनुपर्ने माग समेत गरिएको छ ।
फिल्मको टिमले निवेदन दिएपछि शुक्रबार आज बिहान ११ बजे अदालतमा छलफलका लागि दुवै पक्षलाई बोलाइएको छ ।
अवार्डमा उत्कृष्ट फिल्मको विधा किन गायब पारियो भन्ने विषयमा अहिले चलचित्र विकास बोर्डले कुनै आधिकारिक धारणा सार्वजनिक गरेको छैन ।